आज मिती २०७९ साल चैत्र १९ गते आइतबार, एकादशी र द्वादशी तिथी । आज चन्द्रमा सिहं राशिमा हुनेछ । आज सूर्योदय बिहान ०५:५६ मा हुनेछ भने सूर्यास्त बेलुका ०६:२१ मा हुनेछ ।

आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आज नयाँ कार्यको थालनी गर्ने योग पनि रहेको छ । भाग्य आज तपाईको पक्षमा रहने छ । छोटो यात्राको योग रहेको छ । आज तपाईलाई समाजबाट मानसम्मान पनि प्राप्त हुन सक्नेछ ।कुनै काममा सफलता प्राप्त गर्नाले मनमा उत्साह जाग्नेछ । साथीभाइबाट साथ सहयोग प्राप्त हुनेछ । आज केहि सुखद समाचार पनि सुन्न पाउनु हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
पराक्रम बढ्नुका साथै आज तपाईलाई भाग्यले पनि साथ दिनेछ । बिपरीत लिङ्गिको सहयोग पाउनाले महत्वपूर्ण काम बन्ने योग रहेको छ । आज तपाईलाई जग्गा जमिन, कृषि, पशुचौपायबाट फइदा मिल्नेछ । पढाइमा मन लाग्नेछ भने विदेशको योग पनि रहेको छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
जोस, जागँर बढ्नुका साथै कर्म क्षेत्रमा निकै ठूलो योगदान दिनुपर्ने योग रहेको छ । राजनितिक र सामाजिक दुवै क्षेत्रमा तपाईले आज सफलता पाउनु हुनेछ । पराक्रम बढ्नाले आज तपाईको दिन सुखमय रहनेछ । कृषी, चौपायहरुबाट पनि आज तपाईलाई फाइदा मिल्ने योग रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज तपाईको दिन एकदम खास हुनेछ । घरमा अतिथी सत्कार गर्न पाइने योग रहेको छ भने मिष्ठान्न भोजनको पनि योग रहेको छ । स्वास्थ्यमा भने ध्यान पुर्‍याउनु होला । आटँ, साहस र धैर्यताले गर्दा सोचेको काम पुरा हुनेछ । मनका इच्छा आकाङक्षाहरु पूरा हुनेछन् । आज सङघर्षले लाभको बाटो पनि लिनेछ । स्वास्थ्यमा भने ध्यान पुर्‍याउनु होला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
व्यपार, व्यवसायबाट पनि प्रशस्त धनलाभ हुने योग रहेको छ । तपाईको स्वास्थ्यमा भने खासै असर नपर्ने देखिएको छ । कुनै पनि नयाँ कार्यको थालनी गर्दा राम्रो हुने योग रहेको छ । बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको । भाग्य अभिवृद्धि र सामाजीक भावना वृद्धि हुने योग पनि रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
सामाजिक सहकार्य वा कुनै महत्वपूणर् कार्य गर्ने योग रहेको छ ।पुराना साथीभाई तथा ईष्टमित्रबाट पनि तपाईलाई फाइदा हुने दिन रहेको छ । कुटनितिक क्षेत्रमा सहयोग प्राप्त हुनेछ । पराक्रमको गति बढ्नाले आज तपाईका कामहरु बढेर जानेछन् । प्रेम सम्बन्ध राम्रो हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
समय सापेक्ष लाभको योग देखिएको छ । कार्मिक दोषहरुको निरुपण हुनेछ भने सकरात्मक सोचले आजको दिन उल्लासमय रहने छ । पराक्रम बढ्नुका साथै कर्मबन्धनबाट छुट्टिने योग पनि रहेको छ । व्यवसायिक क्षेत्रमा सफलता मिल्नुका साथै नयाँ लत्ताकपडा खरिद गर्ने योग पनि रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
पराक्रमको गति बढ्नाले भग्यवर्दक समय रहेको छ । बिपरीत लिङ्गिको सहयोगले सफलता मिल्नेछ भने छोटो यात्राको योग पनि रहेको छ । आज तपाईको मनमा उत्साह जाग्नेछ । जीवनमा नयाँ किसिमको मोड आउनेछ भने पुराना साथीभाईबाट सहयोग प्राप्त हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
पराक्रमको गति बढ्नाले आज तपाईका कामहरु बढेर जानेछन् । राजनितिक क्षेत्रमा सफलता मिल्नेछ भने स्वास्थ्य पनि सबल रहने छ ।सामाजिक सहकार्य वा कुनै महत्वपूणर् कार्य गर्ने योग रहेको छ । बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको छ । सामाजीक भावना वृद्धि हुने योग रहेको छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । माया प्रेममा पनि सफलता मिल्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला । आटँ, साहस र धैर्यताले कामहरु बनेर जानेछन् । नयाँ व्यवसाय थालनी गर्न राम्रो समय रहेको छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
बोलीको प्रभावले कामहरु बनेर जानेछन् । धार्मिक कार्यमा मन लाग्नेछ भने व्यवसायिक क्षेत्रमा सफलता पनि मिल्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ भने त्यसबाट तपाईलाई लाभ पनि मिल्नेछ । आज तपाईको यात्राको योग पनि रहेको छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दैनिक कार्य सम्पादनमा प्रभाव नपर्ने योग रहेको छ ।समाजबाट उच्च मान सम्मान प्राप्त गर्ने दिन रहेको छ । बोलीको तिक्ष्णताले आजको दिन उर्जामय रहनेछ । आज तपाईको बौद्विक क्षेत्र वृद्वि हुने दिन रहेको छ । बोलीको प्रभावले राम्रा कार्यहरु हुनेछन् । सामाजिक क्षेत्रमा सफल हुनुहुने छ ।