आज मिती २०७९ साल चैत्र २१ गते मगंलबार, त्रयोदशी तिथी । आज चन्द्रमा बेलुका ०४:२४ सम्म सिहं राशिमा र सो पश्चात चन्द्रमाको भ्रमण कन्या राशिबाट हुनेछ । आज सूर्योदय बिहान ०५:५४ मा हुनेछ भने सूर्यास्त बेलुका ०६:२२ मा हुनेछ ।

आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
समय सापेक्ष लाभको योग देखिएको छ । कार्मिक दोषहरुको निरुपण हुनेछ भने सकरात्मक सोचले आजको दिन उल्लासमय रहने छ ।पराक्रम बढ्नुका साथै कर्मबन्धनबाट छुट्टिने योग पनि रहेको छ । व्यवसायिक क्षेत्रमा सफलता मिल्नुका साथै नयाँ लत्ताकपडा खरिद गर्ने योग पनि रहेको छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । माया प्रेममा पनि सफलता मिल्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला । आटँ, साहस र धैर्यताले कामहरु बनेर जानेछन् । नयाँ व्यवसाय थालनी गर्न राम्रो समय रहेको छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
पराक्रमको गति बढ्नाले भग्यवर्दक समय रहेको छ । बिपरीत लिङ्गिको सहयोगले सफलता मिल्नेछ भने छोटो यात्राको योग पनि रहेको छ । आज तपाईको मनमा उत्साह जाग्नेछ । जीवनमा नयाँ किसिमको मोड आउनेछ भने पुराना साथीभाईबाट सहयोग प्राप्त हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। सामाजिक सहकार्य वा कुनै महत्वपूणर् कार्य गर्ने योग रहेको छ । बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
व्यापार ब्यवसायबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनेछ । भाग्य अभिवृद्धि र सामाजीक भावना वृद्धि हुने योग रहेको छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने योग रहेको छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्ने योग रहेको छ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा फाइदा पुग्नेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
नयाँ काममा जोस जागँर बढ्नेछ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । कुनै पनि सामाजिक कार्यमा सहभागिता जनाउन पाउनु हुनेछ । नयाँ क्षेत्रमा भ्रमण गर्न पाइने योग देखिएको छ । पुराना साथीभाइसङ्ग भेटघाट हुने दिन पनि रहेको छ । आज तपाईको दिन सुखमय रहने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आज तपाईको सुरु गरेको हरेक कार्यमा तपाईलाई सफलता मिल्नेछ । कला र साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । आज तपाईको कला र गलाको प्रशंसा हुनेछ । छोटो यात्राको योग पनि रहेको छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज तपाई सकारात्मक हुन जरुरी छ । ब्यापारको कामबाट फाइदा हुनेछ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ भने स्वास्थ्य पनि सबल रहनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सामाजिक कार्य गर्नाले मनोबल उच्च रहनेछ । कामको प्रशंसा हुनेछ । आज सुरु गरेको हरेक कार्यमा तपाईलाई सफलता मिल्नेछ ।परोपकारको भावना बढ्नुका साथै पुराना साथीभाई सङ्ग रमाइलो भेटघाट र सहयोग प्राप्त गर्ने योग पनि रहेको छ ।