आज मिती २०७९ साल चैत्र २३ गते बिहिबार, पूर्णिमा तिथी । आज चन्द्रमा ०१:२९ सम्म कन्या राशिमा र सो पश्चात चन्द्रमाको भ्रमण तुला राशिबाट हुनेछ । आज सूर्योदय बिहान ०५:५२ मा हुनेछ भने सूर्यास्त बेलुका ०६:२३ मा हुनेछ ।

आजको राशिफलः
मेष (चु चे चो ला लि लु ले लो अ)
वौद्धिकताको वृद्धि हुनाले शिक्षा क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । अनावश्यक खर्च नियन्त्रणमा आउने दिन रहेको छ ।
वृष (इ उ ए ओ वा वि वु वे वो)
बोलीको प्रभावले सोचेको कामहरु बन्नेछन् । परिवारजन बाट साथ पाउनु हुनेछ । आज तपाईको धार्मिक कार्यको लागि यात्रा गर्ने योग पनि रहेको छ ।
मिथुन ( क कि कु घ ङ(ग) छ के को ह)
परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच राखेर मात्र काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । तपाईंमाथि लाग्ने आरोपको विषयमा धेरै विवाद नगर्नु वेश हुनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
विगतका कामबाट मान सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । व्यापारबाट सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । विदेश यात्रा जानेहरुको लागि खुसीको खबर मिल्नेछ ।
सिहं (मा मि मु मे मो टा टि टु टे)
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा फाइदा हुनेछ । साथीभाइ र परिवारको साथ पाउने योग रहेको छ । स्वास्थ्यमा भने ध्यान प¥याउनु होला ।
कन्या ( टो पा पी पू ष ण ठ पे पो)
नोकरी र सामाजिक क्षेत्रबाट मासम्मान मिल्नेछ । जग्गा जमिन, गाडि, बाइक वा अरु केहि नयाँ वस्तु किन्दा ध्यान पु¥याउनु होला । पशुचौपायबाट भने तपाईलाई लाभ मिल्ने योग रहेको छ ।
तुला (रा री रु रे रो ता ती तु ते)
यात्राले मनमा प्रसन्नता छाउनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम गर्नुहोला । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको समय र दिन अनुकुल छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
पराक्रम बढ्नाले चिताएको कामहरु पूरा हुनेछन । अतिथी सत्कार गर्नपाउने योग रहेको छ भने मिष्ठान्न भोजन गर्ने दन पनि रहेको छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्यवभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । आजको दिन सकारात्मक सोच राख्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आज नयाँ कामको थालनी गर्दा लाभ मिल्नेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । व्यापारमा सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठेराको समाधानका बाटा खुल्दै जानेछ ।