काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।
अडिओ सार्वजनिक भएपछि रास्पपाले पनि यस विषयमा छानबिन गर्ने भएको छ।