काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहमहामन्त्री परियारले सरकारले दलहरुका बीचमा भएको सहमति अनुरुप पूरा समय काम गर्ने बताउनुभएको हो । उहाँले दलहरुका बीचमा भएको सहमती कार्यान्वयन हुने उल्लेख गर्नुभयो । उहाँले संसदका विषयगत समितिहरु छिटोभन्दा छिटो बनाउन सभामुखले आवश्यक पहल गर्नुपर्ने पनि बताउनु भयो ।
उहाँले वैशाख १० गतेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनु भयो ।







