आज मिती २०८० साल वैशाख ०६ गते बुधबार, चर्तुंदशी तिथी । आज चन्द्रमाको भ्रमण मीन राशिबाट रहनेछ । आज सूर्यादय बिहान ०५ः३८ मा हुनेछ भने सूर्यास्त बेलुका ०६ः३० मा हुनेछ ।
आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक कार्यमा कूशलता र भाग्य अभिवृद्धिको यो छ । समाजमा तपाईको तक्षण काम बन्नेछ । भाग्य र कर्म दुवैले आज साथ दिनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
बोलीको कारण आज तपाईको धैरै काम बिग्रन सक्ने हुनाले बोल्दा बिचार पुर्‍याउनु होला । प्रेम सम्बन्ध भने राम्रो भएर जानेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
ब्यापारको कामबाट फाइदा हुनेछ । कामको प्रशंसा हुनेछ । पुराना साथीभाइसङ्ग भेटघाट हुने दिन पनि रहेको छ । आज तपाईको दिन सुखमय रहने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कार्यकुशलता र कार्य सफलता दुवै योग परेको छ । यात्रामा रमाईलो गर्ने अवसर जुट्नेछ । भाग्यले हरेक क्षेत्रमा सहायता गर्नेछ । दिन निकै राम्रो बित्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
राजनितिक सफलता र सामाजिक सफलताको योग देखिएको छ । हरेक क्षेत्रमा आज सुखको अनुभूति गर्न पाइनेछ । दिन आफूले चाहेको भन्दा मध्यम फलदायी रहनेछ सचेत रहनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
गर्दैगरेको कार्यबाट केहि हानी-नोक्सानी व्यर्होनु पर्ने हुन्छ । मनमा केहि असन्तोष भए पनि बेलुकीपख सुभ समाचार सुन्न पाइनेछ । शैक्षिक क्षेत्रमा पनि आज सुभ देखिएको छ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईको बौद्विक क्षेत्र वृद्वि हुने दिन रहेको छ । आटँ, साहस र धैर्यताले कामहरु बनेर जानेछन् । माया प्रेममा पनि सफलता मिल्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
बोलीको प्रभावले कामहरु बनेर जानेछन् । व्यवसायिक क्षेत्रमा सफलता मिल्नुका साथै कुनै नया व्यपार, व्यवसायको थालनी गर्न पनि शुभ समय रहेको छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईलाई सन्तानबाट सुख प्राप्ती हुने योग रहेको छ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । मिष्ठान्न भोजनका साथै आज छोटो यात्राको योग पनि रहेको छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
पूराना कुराहरु सम्झनाले जोस, जागँर हराउने योग देखिए पनि हिम्मत लिएर काम गर्नाले तपाईको कामहरु बनेर जानेछन् । बिपरीत लिङ्गिबाट सहयोग प्राप्त गर्नाले आज तपाईको कामहरु बनेर जानेछन् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
वैदेशिक क्षेत्रबाट आज तपाईलाई लाभ मिल्नेछ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । आज तपाईलाई कृषी वा पशु चौपायहरुबाट पनि फइदा मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला ।