काठमाडौं । धेरै चेस खेलेरै ओली राजनीतिक खेलाडी बन्नुभएको छ।
धेरै चेस खेलेरै होला धेरै पटक प्रधानमन्त्री हुनुभएको छ ।
धेरै चेस खेलेरै प्रचण्डले जंगलदेखि सरकारमा तहल्का मच्चाउनुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गर्नुभएको छ । मंगलवारबाट काठमाडौंमा शुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुप्रति कटाक्ष गर्नुभएको हो । उहाँले त्याग गरेका नेताहरुको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरुको चर्चा बढी भइरहेको भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने बताउनु भयो ।
उहाँले बुद्धिचालका कारण मानिसहरुको दिमाग तेजिलो हुनेपनि बताउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरुमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गर्नुभयो । उहाँले चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उहाँले राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जंगलदेखि संसद र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बन्नुभएको हुनसक्ने बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्व नदिएकाले आगामी दिनमा महत्व दिन आग्रह गर्नुभयो । उहाँले चेस खेल नेपालको जनकपुरबाट उत्पत्ति भएको पनि बताउनु भयो ।







