आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि धनलाभ हुनसक्छ । व्यापारव्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दासमेत सुख मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
विगतमा गरेका कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज तपाईको जीवनले नयाँ गति लिनेछ । नयाँ नयाँ कामको अवसर पनि प्राप्त हुनेछ । आज मिष्ठान्न भोजनको पनि योग रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज तपाईले विभिन्न प्रकारको उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । पुराना साथीभाई तथा ईष्टमित्रबाट पनि तपाईलाई फाइदा हुने दिन रहेको छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज तपाईको पुरानो बिग्रीएको कामहरु बन्नेछन् । समय भाग्यवर्दक र समय अनुकूल देखिएको छ । राजनितिक सक्रियताको योग पनि रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
पराक्रम बढ्नुका साथै आज बिपरीत लिङ्गिको सहयोगले अपूरा कामहरु पुरा हुनेछन् । कृषी चौपायहरुबाट पनि आज तपाईलाई लाभ मिल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
बोलीका कारणबाट धेरै कामहरु बन्नेछन् । भाग्यले साथ दिनेछ भने समय पनि तपाईको पक्षमा रहने छ । यात्राको योग पनि रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
धैर्यताले लाभ दिनेछ भने सुखानुभूतिको महसुस पनि हुनेछ । मनोबल उच्च रहनाले जीवन सुखमय रहनेछ । बोलीको प्रभावले कामहरु पनि बन्नेछन् ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आज तपाईलाई कुनै नयाँ कामबाट धेरै लाभ मिल्नेछ । सन्तान सुखको योग रहेको छ । गृहस्थी जीवन सुखमय बन्नेछ ।