आजको राशिफलः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि धनलाभ हुनसक्छ । व्यापारव्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दासमेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
विगतमा गरेका कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। सामाजिक सहकार्य वा कुनै महत्वपूणर् कार्य गर्ने योग रहेको छ । बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
व्यापार ब्यवसायबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनेछ । भाग्य अभिवृद्धि र सामाजीक भावना वृद्धि हुने योग रहेको छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने योग रहेको छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्ने योग रहेको छ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा फाइदा पुग्नेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
नयाँ काममा जोस जागँर बढ्नेछ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । कुनै पनि सामाजिक कार्यमा सहभागिता जनाउन पाउनु हुनेछ । नयाँ क्षेत्रमा भ्रमण गर्न पाइने योग देखिएको छ । पुराना साथीभाइसङ्ग भेटघाट हुने दिन पनि रहेको छ । आज तपाईको दिन सुखमय रहने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आज तपाईको सुरु गरेको हरेक कार्यमा तपाईलाई सफलता मिल्नेछ । कला र साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । आज तपाईको कला र गलाको प्रशंसा हुनेछ । छोटो यात्राको योग पनि रहेको छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज तपाई सकारात्मक हुन जरुरी छ । ब्यापारको कामबाट फाइदा हुनेछ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ भने स्वास्थ्य पनि सबल रहनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ। विहान सूर्योदयको दर्शन गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भए पनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला ।