आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक कार्यमा कूशलता र भाग्य अभिवृद्धिको यो छ । समाजमा तपाईको तक्षण काम बन्नेछ । भाग्य र कर्म दुवैले आज साथ दिनेछ । मनमा केहि असन्तोष भए पनि बेलुकीपख सुभ समाचार सुन्न पाइनेछ । शैक्षिक क्षेत्रमा पनि आज सुभ देखिएको छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
विगतमा गरेका कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज तपाईको पुरानो बिग्रीएको कामहरु बन्नेछन् । समय भाग्यवर्दक र समय अनुकूल देखिएको छ । राजनितिक सक्रियताको योग पनि रहेको छ ।मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
पराक्रम बढ्नुका साथै आज बिपरीत लिङ्गिको सहयोगले अपूरा कामहरु पुरा हुनेछन् । कृषी चौपायहरुबाट पनि आज तपाईलाई लाभ मिल्नेछ ।बिपरीत लिङ्गिबाट सहयोग प्राप्त गर्नाले आज तपाईको कामहरु बनेर जानेछन् ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
बोलीका कारणबाट धेरै कामहरु बन्नेछन् । भाग्यले साथ दिनेछ भने समय पनि तपाईको पक्षमा रहने छ । यात्राको योग पनि रहेको छ । समय भाग्यवर्दक र समय अनुकूल देखिएको छ । राजनितिक सक्रियताको योग पनि रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
धैर्यताले लाभ दिनेछ भने सुखानुभूतिको महसुस पनि हुनेछ । मनोबल उच्च रहनाले जीवन सुखमय रहनेछ । बोलीको प्रभावले कामहरु पनि बन्नेछन् ।आटँ, साहस र धैर्यताले कामहरु बनेर जानेछन् । माया प्रेममा पनि सफलता मिल्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ ।आज हरेक कुराका सकारात्मक सोच राखेर काम गर्नु पर्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
पूराना कुराहरु सम्झनाले जोस, जागँर हराउने योग देखिए पनि हिम्मत लिएर काम गर्नाले तपाईको कामहरु बनेर जानेछन् । बिपरीत लिङ्गिबाट सहयोग प्राप्त गर्नाले आज तपाईको कामहरु बनेर जानेछन् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
वैदेशिक क्षेत्रबाट आज तपाईलाई लाभ मिल्नेछ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । आज तपाईलाई कृषी वा पशु चौपायहरुबाट पनि फइदा मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ ।







