आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक कार्यमा कूशलता र भाग्य अभिवृद्धिको यो छ । समाजमा तपाईको तक्षण काम बन्नेछ । भाग्य र कर्म दुवैले आज साथ दिनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
बोलीको कारण आज तपाईको धैरै काम बिग्रन सक्ने हुनाले बोल्दा बिचार पुर्याउनु होला । प्रेम सम्बन्ध भने राम्रो भएर जानेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
ब्यापारको कामबाट फाइदा हुनेछ । कामको प्रशंसा हुनेछ । पुराना साथीभाइसङ्ग भेटघाट हुने दिन पनि रहेको छ । आज तपाईको दिन सुखमय रहने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कार्यकुशलता र कार्य सफलता दुवै योग परेको छ । यात्रामा रमाईलो गर्ने अवसर जुट्नेछ । भाग्यले हरेक क्षेत्रमा सहायता गर्नेछ । दिन निकै राम्रो बित्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
राजनितिक सफलता र सामाजिक सफलताको योग देखिएको छ । हरेक क्षेत्रमा आज सुखको अनुभूति गर्न पाइनेछ । दिन आफूले चाहेको भन्दा मध्यम फलदायी रहनेछ सचेत रहनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज सुरु गरेको काम सफल हुनेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धि प्राप्त हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
पूराना कुराहरु सम्झनाले जोस, जागँर हराउने योग देखिए पनि हिम्मत लिएर काम गर्नाले तपाईको कामहरु बनेर जानेछन् । बिपरीत लिङ्गिबाट सहयोग प्राप्त गर्नाले आज तपाईको कामहरु बनेर जानेछन् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
वैदेशिक क्षेत्रबाट आज तपाईलाई लाभ मिल्नेछ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । आज तपाईलाई कृषी वा पशु चौपायहरुबाट पनि फइदा मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ ।







