आजको राशिफलः
मेष (चु चे चो ला लि लु ले लो अ)

विगतका कामबाट मान सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । व्यापारबाट सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ ।

वृष (इ उ ए ओ वा वि वु वे वो)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ ।

मिथुन ( क कि कु घ ङ(ग) छ के को ह)
आज सकारात्मक सोच राखेर मात्र काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । तपाईंमाथि लाग्ने आरोपको विषयमा धेरै विवाद नगर्नु वेश हुनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)
आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्ने योग रहेको छ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा फाइदा पुग्नेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
नयाँ काममा जोस जागँर बढ्नेछ । नयाँ क्षेत्रमा भ्रमण गर्न पाइने योग देखिएको छ । पुराना साथीभाइसङ्ग भेटघाट हुने दिन पनि रहेको छ । आज तपाईको दिन सुखमय रहने छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आज तपाईको सुरु गरेको हरेक कार्यमा तपाईलाई सफलता मिल्नेछ । कला र साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । आज तपाईको कला र गलाको प्रशंसा हुनेछ । छोटो यात्राको योग पनि रहेको छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज तपाई सकारात्मक हुन जरुरी छ । ब्यापारको कामबाट फाइदा हुनेछ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ भने स्वास्थ्य पनि सबल रहनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आज तपाईलाई कुनै नयाँ कामबाट धेरै लाभ मिल्नेछ । सन्तान सुखको योग रहेको छ । गृहस्थी जीवन सुखमय बन्नेछ ।