आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
व्यापार ब्यवसायबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आज तपाई सकारात्मक हुन जरुरी छ । ब्यापारको कामबाट फाइदा हुनेछ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन मौन रहनु उत्तम हुनेछ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । विहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज तपाईको पुरानो बिग्रीएको कामहरु बन्नेछन् । समय भाग्यवर्दक र समय अनुकूल देखिएको छ । राजनितिक सक्रियताको योग पनि रहेको छ ।मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
पराक्रम बढ्नुका साथै आज बिपरीत लिङ्गिको सहयोगले अपूरा कामहरु पुरा हुनेछन् । कृषी चौपायहरुबाट पनि आज तपाईलाई लाभ मिल्नेछ ।बिपरीत लिङ्गिबाट सहयोग प्राप्त गर्नाले आज तपाईको कामहरु बनेर जानेछन् ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
बोलीका कारणबाट धेरै कामहरु बन्नेछन् । भाग्यले साथ दिनेछ भने समय पनि तपाईको पक्षमा रहने छ । यात्राको योग पनि रहेको छ । समय भाग्यवर्दक र समय अनुकूल देखिएको छ । राजनितिक सक्रियताको योग पनि रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
बिहान सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज सामाजिक मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा आदरभाव बढ्ने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भए पनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला ।







