आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि धनलाभ हुनसक्छ । व्यापारव्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दासमेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
विगतमा गरेका कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज तपाईको दिन एकदम खास हुनेछ । घरमा अतिथी सत्कार गर्न पाइने योग रहेको छ भने मिष्ठान्न भोजनको पनि योग रहेको छ । स्वास्थ्यमा भने ध्यान पुर्याउनु होला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आज कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । मित्रमण्डलीसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आज सुरु गरेको काम सफल हुनेछ । व्यापारव्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धि प्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा फाइदा हुनेछ । आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । यात्राबाट आजको दिन सफलता मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज सामाजिक मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा आदरभाव बढ्ने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भए पनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला ।







