मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन धनलाभ हुनसक्छ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग मिल्ने छ । तर, यात्रा गर्दा कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको समय र दिन अनुकुल छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । तपाईंको कार्य शुभ हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातका लागि आजको दिन शुभ छ । तपार्इंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्म यात्राले तपाईंको मनमा उर्जा थप गर्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन यात्राबाट फाइदा हुनेछ । आज नियमित कामबाहेक अन्य कामका लागि समय खर्च नगर्नुहोला । आजको दिन तपार्इंले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपार्इंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
अर्थलाभको सम्भावना छ । कसैलाई सापटी दिनुभएको छ भने आज प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद समाधान हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
यात्राले मनमा प्रसन्नता छाउनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम गर्नुहोला । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
मीन राशिका जातकले सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ ।