आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
समय सापेक्ष लाभको योग देखिएको छ । कार्मिक दोषहरुको निरुपण हुनेछ भने सकरात्मक सोचले आजको दिन उल्लासमय रहने छ । पराक्रम बढ्नुका साथै कर्मबन्धनबाट छुट्टिने योग पनि रहेको छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । माया प्रेममा पनि सफलता मिल्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला । आटँ, साहस र धैर्यताले कामहरु बनेर जानेछन् । नयाँ व्यवसाय थालनी गर्न राम्रो समय रहेको छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
पराक्रमको गति बढ्नाले भग्यवर्दक समय रहेको छ । बिपरीत लिङ्गिको सहयोगले सफलता मिल्नेछ भने छोटो यात्राको योग पनि रहेको छ । आज तपाईको मनमा उत्साह जाग्नेछ । जीवनमा नयाँ किसिमको मोड आउनेछ भने पुराना साथीभाईबाट सहयोग प्राप्त हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपार्इंप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । व्यवसायिक क्षेत्रमा सफलता मिल्नुका साथै नयाँ लत्ताकपडा खरिद गर्ने योग पनि रहेको छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । व्यापारमा सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठेराको समाधानका बाटा खुल्दै जानेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि पनि ग्रह बलिया भएका छन् । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । यात्राबाट आजको दिन सफलता मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन मनमा प्रसन्नता छाउने छ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । आजको दिन सोचअनुसारको कर्म गर्दा सफलता प्राप्त हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
विगतका कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ ।







