काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सय भन्दा बढि विद्यार्थीहरुको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाउनु भएको छ । 

सो क्याम्पसका ५ सय भन्दा बढि विद्यार्थीहरुको परीक्षाको नतिजामा आन्तरिकतर्फको प्राप्तांकमा अनुपस्थित देखाएर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्न खोजिएको भन्दै सम्बन्धित निकायसँग छानविन गरी दोषिमाथि कडा कारबाही गर्न पनि उहाँले सरकारसँग माग गर्नु भयो ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सापकोटाले ढिलो परीक्षा लिने, ढिलो नतिजा निकाल्ने अनि नतिजामा पनि अनुपस्थित देखाउने काम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र आरआर क्याम्पस कसले गरेको हाहे ? छानविन गरी सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारबाहीको दायरामा ल्याउने काममा केन्द्रित हुन पनि सम्बन्धित सबै निकायलाई अपिल गर्नु भयो ।