मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक सेवाको कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ मित्रमण्डलीसँग भेट हुनेछ । परिवारका सदस्यबाट सहयोग हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आकस्मिक धनलाभ हुनेछ । व्यापारव्यवसायबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँनयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला ।आजको दिन मौन रहनु, नियमित कामबाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
विगतका कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
मनमा प्रसन्नता र उत्साह बढ्नेछ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ । आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ । कसैमाथि चित्त दुख्ने कुरा नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज सुरु गरेको काम सफल हुनेछ । सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले कामको निकै प्रसंशा गर्नेछन् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । सामाजिक काममा मन जानेछ । कामबाट परिवारका सदस्य समेत खुसी हुनेछन् । कसैलाई पनि मन दुखाउने काम नगर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ ।







