विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोदेखि सुरु हुँदैछ ।

बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् ।