काठमाडौं । वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनुपर्नेसम्मको प्रस्ताव गरेका छन ।
शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन ।
उनले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो रहेको पनि जिकिर गरे । उनले छिट्टै सरकारले यस विषयमा निर्णय लिने बताए । छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनुपर्नेसम्मको प्रस्ताव गरेका हुन ।
विज्ञहरूले पनि प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै केहीदिन चाप कम गर्नुपर्ने सुझाव दिए ।