काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अभिनेत्री मनिषा कोइरालाले प्रतिक्रिया दिएकी छिन् ।

उनले आफ्नो ट्विटर अकाउन्टमा उनलाई यो कुर्सी किन दिइयो भनेर बुझ्न गाह्रो नभएको बताएकी छिन् । यस्तै उनले राष्ट्रपतिको यो कदमले आफूलाई लेन्डुप दोर्जेको याद आयो समेत भनेकी छिन् ।

भारतको अत्यधिक चासो रहेको विधेयक यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएकी थिइन् । तत्कालीन प्रतिनिधिसभा समेत भंग भएपछि ‘मृत’ बनेको विधेयक अचानक ब्यूँताइएपछि विभिन्न आशंका जन्मिएका हुन् ।