संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-३ सभाखोला स्थित खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २० बर्षीय कुशल राई रहेका छन् ।

हिजो बिहान ५ बजे घरबाट माछा मार्न जान्छु भनि हिडेकोमा राती सम्म घर फर्कि नआएपछी आफन्तहरुले खोजतलास गर्न क्रममा उनलाई आफन्तले डुबि मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पाए सगै घटनास्थलमा प्रहरीको टोली खटिगई घटनास्थल सुरक्षित राखी सम्पुर्ण कानुनि प्रकृया पश्चात लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारी पठाईएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।