धनुषा । धनुषा प्रहरीले भैंसी चोरी गरेकाे आराेपमा एक जनालाइ पक्राउ गरेकाे छ ।
सुबलाल यादवको गोठ घरबाट २ वटा भैंसी चोरी गरेकाे आराेपमा प्रहरीले चोरी भएको २ वटा भैंसीसहित बलि मुखियालाइ पक्राउ गरेकाे हाे ।
मुखियालाइ चोरी सम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।







