काठमाडौं । आफ्नै १४ दिनको छोराको हत्या गरी फरार रहेका आरोपमा बुवा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बारा देवताल गाउँपालिका-४ तिप्रडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेको हो।
उनले जेठ १४ गते बेलुका आफ्नै १४ दिनको छोराको हत्या गरेको आरोप छ।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई बारा पठाएको छ।







