सबैको दिन चियाबाट सुरु हुन्छ र दिनभरि चिया पिउने मौका मिल्दा चिया प्रेमी कोही पनि चियाको चुस्की लिन छोड्दैनन् ।
तर यो चियाले छोरीको डाक्टर बन्ने सपना चकनाचुर गरेको छ । केही यस्तो भयो कि १८ वर्षीया दिशा शर्माको डाक्टरको इच्छा एक कपले चियाले खस्यो ।
घटना भारत जयपुरको हो । जहाँ बस्सी सहरकी १८ वर्षीया दिशा शर्मा मे ७ गते रामनगरियास्थित विवेक टेक्नो स्कुलमा NEET परीक्षामा सहभागी भइन् । परीक्षा केन्द्रमा हिँड्दा परीक्षकको हातमा चियाको कप थियो । तर त्यसपछि चियाको कप निरीक्षकको हातबाट छोडेर दिशा शर्माको ओएमआर शिटमा पर्यो।
चिया पाेखिदा ओएमआर शिटमा लेखिएका प्रश्नको उत्तर मेटिएको थियो । विद्यार्थी दिशा शर्माले आफ्ना १७ वटा प्रश्नको उत्तर चिया पाेखिदा पूर्ण रूपमा मेटिएको आरोप लगाएकी छन् । उनी रोइरहिन तर उनको कुरा कसैले सुनेन । परीक्षाका क्रममा दिशाले ५ मिनेट थप समय पनि मागेकी थिइन तर सुनुवाइ भएन ।
यस घटनापछि निरिक्षक पनि बेपत्ता भए पछि प्रधानाध्यापकलाई निवेदन दिए । साथै परीक्षा केन्द्रमा जडान गरिएका सिसिटिभी क्यामेराको फुटेज जाँच गरी सम्पूर्ण घटनाबारे जानकारी गराएको थियो । त्यसपछि पनि सुनुवाइ नभएपछि अदालतको ढोका ढकढक्याउनुपर्ने भयो ।
कक्षा १२ मा ९९.६० प्रतिशत अंक ल्याएकी दिशा शर्माको डाक्टर बन्ने सपना परीक्षकको गल्तीले चकनाचुर हुँदा अहिले उच्च अदालतमा यस विषयमा विचार गर्न निवेदन परेको छ । उच्च अदालतले उनको निवेदनमा एनटीएबाट दिशाको ओरिजिनल ओएमआर पानासहितको सम्पूर्ण अभिलेखसहित बोलाएको छ। त्यसैगरी साउन ४ गते विद्यालयका प्रधानाध्यापकलाई परीक्षा केन्द्रबाट कक्षाकोठाको सीसीटीभी फुटेजसहित अदालतमा हाजिर हुन आदेश दिइएको छ ।
