काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘जसपा नेतृत्वको मधेश प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा(एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेश प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ।’

मुख्यमन्त्री सरोजकुमार यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ सांसदले मत दिएका थिए। प्रदेशसभामा १०७ सांसद छन्।