काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा प्रहरीले ‘राजु मास्टर’ सहित ८ जनालाई पक्राउ गरेको छ।

नेपालमा कुनै पनि एपको प्रयझग गरेर सट्टेबाजी खेलाउने प्रकियालाई गैरकानुनी मानिएको छ। प्रहरीले सोही कुरालाई मध्यनजर गर्दै वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा नेपालका चर्चित कलाकारहरू समेत रहेका छन्। पक्राउ पर्नेमा ‘बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ र ‘राजु मास्टर’ नामले चर्चित कलाकार राजु पौडेलसमेत पक्राउ परेको स्रोतले जनाएको छ।