काठमाडौं । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ । 

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताउनु भयो । उहाँले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी गर्नुभयो । 

उहाँले संसद र संसदबाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवा सुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको बताउनु भयो ।

समाजवादी मोर्चामा अहिलेसम्म नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रहेको बताउनु भयो ।