काठमाडौँ । शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् ।

गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।

उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् ।

भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका स‌ंवादलाई कारण देखाउँदै साहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् ।

अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि स‌ंलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् ।