काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान-एक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार तथा युट्युबरलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार आइतबार तेस्रोपटक म्याद थप गरिएको हो ।







