काठमाडौं । वान एक्स बेटको प्रचार गर्ने गरेको आरोपमा अर्का युट्युबर पक्राउ परेका छन् ।

आफ्नो युट्युब च्यानलबाट वान एक्स बेटको प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड दिएर विज्ञापन गरेको आरोपमा प्रहरीले २२ वर्षीय राजकुमार थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको स्थायी घर काभ्रेपलाञ्चोकको तेमाल–८ हो । हाल उनी बूढानीलकण्ठ बस्दै आएका थिए ।