काठमाडौं । आज सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु हुनेछ ।

आजको बैठकले मंगलवारबाट बस्ने पार्टी केन्द्रिय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

साउन २ गतेदेखि काँग्रेसको केन्द्रिय समितिको बैठक बस्दैछ ।