काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एशिया कपमा आज भारत एसँग प्रतिस्पर्धा गर्दैछ ।

भारत र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ ।

नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नैपर्ने हुन्छ ।

नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।