काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
सानेपामा मंगलबारदेखि जारी बैठकअन्तर्गत आज तेस्रो दिन पनि नेताहरूले आ-आफ्नो धारणा राख्नेछन् । बैठक ११ बजेदेखि बोलाइएको छ ।
हिजो केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
हिजो ४६ जनाले धारणा राखेका थिए ।







