काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताउनु भयो। उहाँले बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरुसँगको छलफल कार्यक्रम बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पु¥याउने तयारी रहेको बताउनु भयो। उहाँले मृतकको सन्ततीलाई प्रदान गरिने शैक्षिक छात्रावृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने निर्णय भएको बताउनु भयो। उहाँले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको बताउनु भयो । उहाँले त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्री परिषद्मा लग्ने तयारी रहेको बताउनु भयो।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्रि भिसा फ्रि टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताउनु भयो। उहाँले व्यवसायीहरुबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु ठगि गर्नेहरुलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने बताउनु भयो। उहाँले मंगलवार मात्रै नक्कली कागज बनाएर ठगि गर्ने मेनपावरको इज्जातपत्र नै खारेज गरेको बताउनु भयो। उहाँले मंगलवार टी स्क्वायर प्राइभेट लिमिटेड मेनपावरको इज्जातपत्र खारेज गरेको बताउनु भयो।
उहाँले व्यवसायीहरु नै वैदेशिक रोजगारीमा जानेहरुलाई ठगि गर्ने कार्यमा सहभागिता रहेको बताउनु भयो। उहाँले मुलुकी संहितामा भएको मेलमिलाप सम्बन्धिको नीति नै ठगि रोक्न बाधक रहेको बताउनु भयो। उहाँले ५ करोड रुपैयाँ ठगि गरेपनि मेलमिलापको नीतिले ५ करोड फिर्ता गरेपछि सकिने रहेकाले ठगि गर्न प्ररित गरिरहेको बताउनु भयो।







