काठमाडौँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ ।

आज सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

सूचनाअनुसार परीक्षाको किसिम प्रयोगात्मक र अन्तरवार्ता हुनेछ । दरखास्तको मिति भदौ १९ देखि भदौ २६ सम्म तोकिएको छ ।