सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका १२ स्थित कोशि लोकमार्गमा मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

हिजो दिउँसो सवा २ बजे खनार बाट ईटहरी तर्फ जादै गरेको को २४ च ७३८९ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउदै गरेको साईकलयात्रीलाई ठक्कर दिदा स्थानिय ५० बर्षीय नेत्र अधिकारी गम्भिर घाईते भएका थिए ।

घाईते भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ भने ठक्कर दिने मोटरसाईकल र चालक सुनसरीको ईटहरी ११ का २० बर्षीय रोहन चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।