काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य वस्तु बिक्री–वितरण गर्ने कालिन्चोक ट्रेडिङ नेपाललाई जरिवाना गराएको छ।
बजार अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ बिक्री–वितरण गरेको पाइएपछि एक लाख ५० हजार जरिवाना तोकिएको महानगरले जनाएको छ।
शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।
उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।







