काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाने निश्चित भएको छ ।
सन्दीप सोमबार विहान करिब साढे ११ बजे कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तानको मुल्तान पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमी मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।
सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।
मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ । यसकारण सन्दीपलाई एसिया कपमा सहभागी हुने बाटो खुलेको हो ।







