काठमाडौँ । एसिया कपको पाँचौं तथा नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ।

श्रीलंकाको केन्डीस्थित पल्लेकेले इन्टरनेसनल स्टेडियममा नेपाल भारत खेल खेल्ने कार्यतालिका रहेको छ। नेपाली समय अनुसार ३:१५ बाट खेल सुरु हुने छ।

भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ ।

पहिलो पटक एसिया कप खेल्दै गरेको नेपालले चार दिनअघि पाकिस्तानविरुद्धको खेल २३८ रनको विशाल अन्तरले गुमाएको थियो ।

नेपाल र भारतबिच श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय मैदानमा खेल हुँदै छ । अङ्क तालिकामा भारत एक अङ्कमा छ भने नेपाल अङ्कविहीन छ । यस समूह ‘ए’ बाट पाकिस्तान सुपर फोरमा पुगिसकेको छ ।

पालेकेलेमा सोमबार वर्षाको भविष्यवाणी पनि गरिएको छ । वर्षाले खेल रद्द भएमा भारत समूहमा दोस्रो स्थान हात पारी अगाडि बढ्ने छ भने नेपाल घर फर्किनुपर्ने हुन्छ ।