काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार श्रीलंकाको पल्लेकेल मैदानमा भारतविरुद्ध आसिफ शेखले अर्धशतक बनाएका छन् ।

उनले ८८ बलमा अर्धशतक बनाएका हुन् । पाँचौँ विकेटका रुपमा उनी ५८ रन बनाएर आउट भए । उनको विकेट मोहम्मद सिराजले लिए ।

नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाए। भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५ रन बनाउँदा कुशल मल्ल २ रनमा आउट भए।