काठमाडौं । काठमाडाैं महानगरका नगर प्रमुख बालेन्द्र शाहले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराए काठमाण्डौ महानगरबाट रंगशाला बनाउन पहल गर्ने बताएका छन ।

मंगलबार सामाजीक संजालमा नेपाल र भारतकाे हिजाे साेमबार भएकाे खेलकाे भिडियाे पाेष्ट गर्दै मेयर शाहले यस्ताे बताएका हुन ।

नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०-९० करोडमै बन्न सक्ने उनले बताएका छन् । ‘त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०-९० करोडमा नै बन्छ सायद,’ फेसबुकमा उनले लेखेका छन् ।

यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्ने उनको भनाइ छ । एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्ने उनले बताएका छन् । मेयर बालेन एसिया कपमा भारतविरुद्ध नेपालको खेल हेर्न श्रीलंका गएका थिए ।