काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएकाे छ ।
नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो ।
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।







