झापा । झापाको बाह्रदशी गाउँपालिका-५ का ४५ बर्षीय गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहिवार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गजमेर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।
उनलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।







