मोरङ । मोरङको ग्रामथान गाउँपालिका-२ स्थितमा रहेको पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे ११ बजे स्थानीय घनश्याम माझिको १२ बर्षीया छोरी समिक्षा माझी र मनोज खवासको १० बर्षिया छोरी रेजिना खवास घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

उनिहरूलाइ उपचारको लागी कोशी अस्पताल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।