काठमाडौं । ४५ मिनेटमै भक्तपुरको सूर्यविनायकबाट काठमाडौंको रत्नपार्कसम्म पुगिने द्रुत बस सेवाको आज उद्घाटन हुँदैछ ।

सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि सरकारले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गरेको हो ।

तत्कालका लागि द्रुत बस सेवा सवारीसाधनको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा आउने छन् ।

द्रुत बस सञ्चालनका लागि सडकमा छुट्टै लेनको व्यवस्था गरिएको छ । बसको आकार र रङ पनि अरुभन्दा फरक बनाइएको छ ।