काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध टी-२० क्रिकेट इतिहासकै फराकिलो जित निकालेको छ।
नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएपछि नेपालले २ सय ७३ रनको जित निकाल्यो ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रनको उच्च स्कोर बनायो। जुन टी-२० क्रिकेटकै सर्वाधिक उच्च स्कोर हो।
कुशल मल्लले ३४ बलमै शतक प्रहार गरेको खेलमा दीपेन्द्रले १० बलमै अर्धशतक प्रहार गरे।







