काठमाडौं । शिक्षा, वित्रान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश गरिएको बताउनुभएको छ । 

आईतवार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्दै उहाँले विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको बताउनुभएको हो । उहाँले मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा भएपनि आस्थाको कारणले पठनपाठनलाई प्रभावित पार्नु नहुनेमा सरकार सचेत रहेको बताउनु भयो ।

उहाँले ट्रेड युनियन अधिकार अन्तर्गत आफ्नो पेशागत हक हीतका निम्ति उहाँहरले संगठित हुन पाउने शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको बताउनु भयो । उहाँले शिक्षाको स्तरलाई माथि उठाउनको लागि राष्ट्रिय परीक्षा बोर्ड त्यसको स्वायत्ततामा कार्यरत कर्मचारीको पेशागत हक हीत समेतलाई ध्यान दिनुपर्ने स्थिति रहेको बताउनु भयो । 

शिक्षामन्त्री राईले पाठ्यक्रम विकासका सम्बन्धमा पाठ्यपुस्तक तर्जुमा गर्नुपर्ने सन्दर्भमा पनि अहिलेको समसामयिक परिवर्तनलाई समेत आत्मसाथ गरेको पाठ्यपुस्तक तयार गर्नुपर्नेतर्फ विधेयकको ध्यान गएको बताउनु भयो ।