काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले कुशल भुर्तेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ ।
३२ बल खेलेका उनी २८ रन बनाएर आउट भए । उनलाई साई किशोरले आउट गरे ।
जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८.५ ओभरमा भुर्तेललाई व्यक्तिगत २८ रनमा गुमाएको हो ।
जारी खेलको नौ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ६२ रन बनाएको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।







