काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले कप्तान रोहित पौडेललाई चौथो विकेटका रूपमा गुमाएको छ ।

नेपालले चौथो विकेटका रूपमा कप्तान पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमायो । उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको छ ।

टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।